Kathmandu Press

दाहाल, ओली र देउवाबीच आज साँझ पुनः भेटवार्ता हुँदै

आजै  बिहान भएको तीन नेताको छलफल र सहमतिलाई कार्यान्वयनमा लाने विषयमा पुनः भेटवार्ता हुन लागेकाे बताइएकाे छ।
दाहाल, ओली र देउवाबीच आज साँझ पुनः भेटवार्ता हुँदै
फाइल तस्बिर

काठमाडौं, असार २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज साँझ दाेस्राे चरणमा भेटवार्ता हुँदैछ।

आजै  बिहान भएको तीन नेताको छलफल र सहमतिलाई कार्यान्वयनमा लाने विषयमा पुनः भेटवार्ता हुन लागेकाे बताइएकाे छ।

बिहानकाे भेटमा संसदको अवरोध खुलाउने विषयमा छलफल र एक खालकाे सहमित जुटेकाे थियाे। आज साँझ भेट हुन नसके भाेलि बिहान भेट हुने ओलीको सचिवालयले बताएकाे छ ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार आज बिहानको तीन नेताको सहमति कार्यान्वयनका लागे पुनः भेट गर्न लागे समय तय हुन बाँकी छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै बुधबारदेखि संसद अवरूद्ध पार्दै आएकाे एमालेले प्रधानमन्त्रीले आत्मालोचनासिहत जवाफ दिन तयार भए सदनकाे अवराेध हटाउने बताएकाे थियाे।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीकाे स्पष्टीकरण सुन्न एमाले तयार भएको बताइए पनि बैठक बस्दै नबसी सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

 

प्रकाशित मिति: १७:०७ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्