Kathmandu Press

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं, असार २४ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  काठमाडौंबाट विराटनगर जाने क्रममा आज दिउँसो त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरिएको हो।

उनलाई पक्रन प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्