न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्याउने बताए।
विराटनगर, असार २४ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्याउने बताए।
उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए। उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए।
'जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्,' उनले भने, 'आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार ६ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ,' उनले भने।
प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











