Kathmandu Press

संसद एमालेकाे कारणले नभई प्रधानमन्त्रीका कारण बन्द भएको हाे : ओली

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन्।
संसद एमालेकाे कारणले नभई प्रधानमन्त्रीका कारण बन्द भएको हाे : ओली

काठमाडाैं, असार २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन्।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे।

त्यस्तै उनले  प्रधानमन्त्रीको  जेठ २१ गतेको  वक्तव्यप्रति  गम्भीर आपत्ति रहेको बताए। ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति  जुट्ने स्पष्ट पारे।

यसअघि आइतबार नै सिंहदरबारमा  सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्