Kathmandu Press

प्रतिनिधिसभाको बैठक स्थगन

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। 
प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडाैं, असार २४ : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। 

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्