Kathmandu Press

आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियो झुटो भएको पुष्टि

नेपाल प्रहरीले अनुसन्धानपछि उक्त अडियो झुटो भएको पुष्टि गरेको हो।
आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियो झुटो भएको पुष्टि

काठमाडौं, असार २४ : नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुटो भएको पुष्टि भएको छ। नेपाल प्रहरीले अनुसन्धानपछि उक्त अडियो झुटो भएको पुष्टि गरेको हो।

डा. देउवाले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान भइरहेको बेला आफूलाई जोडेर सार्वजिनक गरिएको अडियोको सत्यतथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमो निवेदन दिएकी थिइन्। प्रहरी हिरासतमा रहेका सन्देश शर्माले प्रहरीसँग वैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ।

तर आरजु राणाको नाम लिएको अडियो वैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो। डा. देउवाले भने अडियो सार्वजनिक भएपछि वैशाख २७ गते अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरि दिएकी थिइन्।   उक्त निवेदनबारे पत्र पठाउँदै प्रहरीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा. देउवालाई आफूले चिन्दा पनि नचिनेको र यो काण्डमा कहीँकतै सम्बन्ध नरहेको उल्लेख गरेको भन्दै आरजु देउवाबारे आएको अडियो झुट भएको जनाएको हो।
  
नेपाल प्रहरीले सन्देश शर्माले अदालतमा दिएको बयान नै सत्य भएको भन्दै अडियोमा बोलिएको विषयवस्तुमा सत्यता नभएको बयानकर्ताले नै बोलिसकेको जनाएको छ। नेपाल प्रहरीले उक्त निवेदनउपर पत्र पठाउँदै अदालतमा सन्देश शर्माले दिएको बयान नै सत्य भएको उल्लेख गर्दै आरजु राणाको संलग्नता नभएको स्पष्ट पारेको हो। 

सन्देश शर्माले काठमाडौं जिल्ला अदालनमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरूले हामीलाई समस्यामा पारिसके निजहरु आएको समयमा हामी तपाईलाई फोन गर्छौं सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनुभयो भने हामी बाच्छौं भनी पहिले नै निजहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो । उक्त कुरा वास्तविक होइन, जाहेरवालाले भन्नु भनेअनुसार मात्र भनेको हुँ, मैले निजहरुलाई चिनेको छैन, चिन्दै नजिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदैबिना काम दिने कुरै भएन।’ 

योसँगै नक्कली भुटानी शरणार्थी काण्डमा आरजु देउवामाथि व्यक्तिगत चरित्र हत्या गर्दै राजनीतिक स्वार्थ साध्ने उद्देश्यले नियोजित रुपमा लगाइएको आरोप गलत साबित भएको छ।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्