Kathmandu Press

‘हात्तिछाप’को छायाँकन सुरु

सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन्। फिल्मको छायाँकन १ महिनामा सक्ने लक्ष्य निर्माण युटिनको छ।
‘हात्तिछाप’को छायाँकन सुरु

काठमाडाैं, असार २४ : प्रदीप भारद्वाजले लेखेको फिल्म ‘हात्तिछाप’को छायाँकन सुरु भएको छ। आइतबार बालकुमारीस्थित एक ग्यारेजबाट फिल्मको छायाँकन प्रारम्भक भएको हो।

सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन्। फिल्मको छायाँकन १ महिनामा सक्ने लक्ष्य निर्माण युटिनको छ। फिल्म १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिने बताइएको छ।

Hardik ivf

358358839_10226399379229982_1284639889060274129_n1688890012.jpg

किरण नेपालीले निर्माण गर्न लागेको फिल्मलाई सुशान्त प्रजापतिले खिच्नेछन्। फिल्म दयाहाङ राई र बेनिशा हमाल मुख्य भूमिकामा छन्। दया र बेनिशा पहिलो पटकसँगै देखिन लागेका हुन्।

फिल्ममा दया र बेनिशाासँगै सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, विल्सनविक्रम राई, कमलमणी नेपाललगायतको पनि अभिनय रहेको छ।

357835570_10226399379149980_5193037370128473973_n1688890013.jpg

359060161_10226399378549965_7330283112026469088_n1688890012.jpg

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्