प्रधानमन्त्रीको आग्रहमा २ घण्टापछि सर्यो प्रतिनिधिसभा बैठक
संसदको अवरोध हटाउन शीर्ष नेताहरुसँग छलफल गरिरहेका प्रधानमन्त्री दहालले सभामुख देवराज घिमिरेलाई बैठक सार्न आग्रह गरेको र सोही अनुसार बैठक राखिएको बताइएको छ।
काठमाडौं, असार २४ : प्रतिनिधिसभाको आजको बैठक २ घण्टा पछि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो।
संसदको अवरोध हटाउन शीर्ष नेताहरुसँग छलफल गरिरहेका प्रधानमन्त्री दहालले सभामुख देवराज घिमिरेलाई बैठक सार्न आग्रह गरेको र सोही अनुसार बैठक राखिएको बताइएको छ।
प्रधानमन्त्री दाहालले संसद खुवाउनका लागि सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेदरबहादुर देउवासँग छलफल गरिरेहका छन्।
प्रधानमन्त्री दाहालको असार १८ को अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ। एमालेले प्रधानमन्त्रीले राजनीनानामा दिनुपर्ने अडान राखेको छ।
प्रकाशित मिति: १३:०२ बजे, आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार