Kathmandu Press

संसद्को अवरोध खुलाउन शीर्ष नेताबीच छलफल

संसद्को अवरोध खुलाउन शीर्ष नेताबीच छलफल

काठमाडौं, असार २४ : संघीय संसद्का दुवै सदनको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताविच सिंहदरबारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउने प्रयासका लागि बैठक बसेको हो।

गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक भनाईलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ।

एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । सहमती जुटाउन प्रधानमन्त्री प्रचण्डको पहलमा छलफल शुरु भएको जनाइएको छ।

 

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्