Kathmandu Press

संसद खुलाउन राष्ट्रिय सभा अध्यक्ष र दलका सचेतकबीच छलफल

तिमिल्सिनाको कार्यकक्षमा छलफल चलिरहेको छ। संसद् बैठक सञ्चालनमा सहती जुटाउन छलफल शुरु गरिएको बताइएको छ।
संसद खुलाउन राष्ट्रिय सभा अध्यक्ष र दलका सचेतकबीच छलफल

काठमाडौं, असार २४ : संसदको बैठक सुरु गर्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सचेतकहरुसँग छलफल गरेका छन्।

तिमिल्सिनाको कार्यकक्षमा छलफल चलिरहेको छ। संसद् बैठक सञ्चालनमा सहती जुटाउन छलफल शुरु गरिएको बताइएको छ।

अध्यक्ष तिमिल्सिनाले सहमति कायम गर्न राजनीतिक दलका सचेतकहरुसँग छलफल गरेका हुन्। गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक भनाईलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमलेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

यसअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि सहमति कायम गर्न दलहरुलाई आग्रह गरेका थिए। हालसम्म सहमतिको भने कुनै संकेत देखिएको छैन।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्