Kathmandu Press

कोसी सरकार गठनमा नेकपा समाजवादी असन्तुष्ट

सरकार गठनमा सहमति कार्यान्वयन नगरिएको भन्दै समाजवादीले असन्तुष्टि जनाएको हो । यही असन्तुष्टीलाई लिएर आइतबार एसका नेता मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा गएनन्।
कोसी सरकार गठनमा नेकपा समाजवादी असन्तुष्ट

काठमाडौं, असार २४ : कोसी प्रदेशमा सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्ट बनेको छ।

सरकार गठनमा सहमति कार्यान्वयन नगरिएको भन्दै समाजवादीले असन्तुष्टि जनाएको हो । यही असन्तुष्टीलाई लिएर आइतबार एसका नेता मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा गएनन्।

सत्ता गठनबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उद्धव थापा मुख्यमन्त्री बनेका छन् । गठबन्धनबीच सबै पार्टीबाट तत्काललाई एक÷एक मन्त्री नियुक्त गर्ने सहमति भए पनि एकतर्फी मन्त्री नियुक्त भएको भन्दै असन्तुष्टी आएको हो। आइतबार कांग्रेसबाट माओवादीबाट दुई र थप एक मन्त्री नियुक्त भएका छन्।

कोसी प्रदेशसभामा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आइतबारको शपथग्रहण कार्यक्रममा सहभागी भएनन्। मन्त्रीमण्डल विस्तारमा मुख्यमन्त्रीले छलफल गर्नुपर्नेमा नगरेको भन्दै राईले असन्तुष्टी पोखेका छन्।

कोसीमा आइतबार माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन्। कांग्रेसबाट रामकुमार खत्रीले पनि मन्त्री पदको शपथ लिएका छन्।

गत शुक्रबार कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगु मन्त्री बनेका थिए।

 

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्