Kathmandu Press

राष्ट्रिय झण्डा ओढाएर गायक तथा अभिनेता तामाङलाई श्रद्धाञ्जली, आजै अन्तिम संस्कार गरिने

नेपाल संगीत तथा नाट्य एकेडेमीमा तामाङलाई मन्त्री, नेता, कलाकर्मीहरु लगायतले अन्तिम श्रद्धाञ्जली थिए।
राष्ट्रिय झण्डा ओढाएर गायक तथा अभिनेता तामाङलाई श्रद्धाञ्जली, आजै अन्तिम संस्कार गरिने

काठमाडौैं, असार २४ : दिवंगत रक गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छअन्तिम श्रद्धाञ्जलीका लागि । नेपाल संगीत तथा नाट्य एकेडेमीमा तामाङलाई मन्त्री, नेता, कलाकर्मीहरु लगायतले अन्तिम श्रद्धाञ्जली थिए।

तामाङको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएका थिए। यस्तै, सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कांग्रेस महामन्त्री गगन थापालगायतले पनि तामाङलाई अन्तिम श्रद्धाञ्जली दिए।

गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो। श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ।

तामाङ गत मंगलबार  बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए।

नेपाली रक ब्याण्ड ‘रबिन एन्ड दी रिभोलुसन’ का गायक तथा संगीतकार तामाङले गायन क्षेत्रलाई बिर्सन नसकिने गुन लगाएका छन्।

रबिन गायकमात्र थिएनन् अब्बल प्रस्तोता पनि थिए। उनका समकालीन सुगम संगीतमा रमाइरहेका बेला रबिन रक संगीतमा संघर्ष गरिरहेका थिए।

उनको गीतसँगै चालीसको दशकको युवा पुस्ता हुर्कियो । पचासको दशकका तन्नेरीहरु गीतार समाउने भए, र नेपाली रक संगीत स्थापित भयो। विदेशमा जन्मिएर हुर्किएका रबिनको व्यक्तित्व र शैली धेरैले नक्कल गरे।

 

प्रकाशित मिति: ११:१० बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्