कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ
माओवादीका जीवन आचार्य र राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीले मुख्यमन्त्री उद्धव थापाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मोरङ, असार २४ : कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
माओवादीका जीवन आचार्य र राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीले मुख्यमन्त्री उद्धव थापाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ हुन्। अरुलाई भने जिम्मेवारी दिइएको छैन।
यसअघि नेकपा एसका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री बनेका छन्। उनीहरुको पनि जिम्मेवारी तोकिएको छैन।
प्रकाशित मिति: १०:५३ बजे, आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार