Kathmandu Press

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन्।
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौं : प्रधानमन्त्री

काठमाडौं, असार २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज)स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन्।

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएको बताइएको छ।

टोलीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, शैक्षिक तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, माधव चम्लागाईं, विमला सुब्बालगायत थिए।

प्रकाशित मिति: २०:०९ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्