Kathmandu Press

‘विवाद समाधान भएपछि मात्र सदन अघि बढ्छ’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‍ अवरोध भइरहेको भन्दै उनले संसद्‍मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्‍लाई गति दिन उचित हुने सभामुख घिमिरेले बताए।
‘विवाद समाधान भएपछि मात्र सदन अघि बढ्छ’

काठमाडौं, असार २३ : सभामुख देवराज घिमिरेले संसद्‍ देखिएको विवाद समाधान भएपछि मात्र सदन अघि बढ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको राजनीनामा माग्दै गत बुधबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन्।

बधुबार प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबारका लागि बोलाइएको थियो। तर दलहरुबीच सहमति हुन नसकेपछि शुक्रबारको बैठक पनि सूचना टास गरेर आइतबारसम्मका लागि स्थागित गरिएको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‍ अवरोध भइरहेको भन्दै उनले संसद्‍मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्‍लाई गति दिन उचित हुने  सभामुख घिमिरेले बताए। उनले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसद्‍मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताए ।

प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद्‍ सुरु गर्न आग्रह गरेको पनि उनले बताए । उनले प्रतिपक्षी दलको अडानका विषय पनि प्रधानमन्त्री समक्ष आफूले जानकारी गराएको भन्दै वार्ताबाट समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताएका थिए।

संसद्‍मा विवाद उठिसकेपछि त्यसलाई समाधान गरेर टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ छ। यसका लागि आफ्नो निष्पक्ष र तटस्थ भूमिका हुने पनि घिमिरेले बताए।

‘इस्युमा विवाद भइसकेपछि इस्युलाई टुंग्याउन मेरो निष्पक्ष भूमिका हुन्छ, क्रियाशील भूमिका हुन्छ। त्यो भूमिकाका लागि मैले आफ्नो सक्दो कोसिस गरिरहेको छु,’ उने भने, ‘अब यो इस्यु उठेर इस्युमा कुरा नमिलेर भइसकेपछि टुंग्याउने कुनै विधि, तरिका, वा इस्युलाई समाधान गर्ने वा इस्युलाई थाती राखेर पनि नियमित गर्नुपर्ने काममा हामी जाउँ भन्ने ठाउँमा ल्याउन उहाँहरुको बीचमा समझदारी हुनुपर्छ।’

 

प्रकाशित मिति: १९:३१ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्