आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने समाजवादी मोर्चाकाे निर्णय
नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो।
काठमाडाैं, असार २३ : समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो।
कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारुप समेत तयार गर्ने उनले बताए।
पाण्डेले साउन महिनामा सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको मितिका विषयमा पनि कार्यदलले टुङ्गो लगाउने र असार २७ गते घोषणा गरिने जानकारी दिए। बैठकले हेरक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने र अहिले माधव कुमार नेपालले अध्यक्षता गर्ने निर्णय गरेको उहाले बताए। त्यस्तै उनले संसदमा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर एमालेले गैरसंसदीय व्यवहार देखाएको बताए।
पाण्डेले नेपाली समाजको विशेषताअनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रीत हुने पनि उल्लेख गरे।











