एमालेको विरोधपछि मधेस प्रदेशसभा बैठक अवरुद्ध
अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट भाषणपछि रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको आरोपसहित एमालेले बैठक अवरुद्ध पारेको हो।
धनुषा, असार २३ : नेकपा एमालेको विरोधका कारण मधेस प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध बनेको छ।
अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट भाषणपछि रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको आरोपसहित एमालेले बैठक अवरुद्ध पारेको हो।
एमालेले उक्त प्रकरणमा मुख्यमन्त्री यादवसँग जवाफ माग गरेको छ। सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरिएको घोषणा गरे पनि मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडानमा एमाले छ।
बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको दाबी एमालेको छ । यस बिषयमा के कति कारणले रकमान्तर भएको भनेर जवाफ मागिएको छ।
प्रकाशित मिति: १७:०८ बजे, शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार