Kathmandu Press

 समाजवादी मोर्चाको पहिलाे बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो।
 समाजवादी मोर्चाको पहिलाे बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी

काठमाडौं, असार २३ : चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक जारी छ। असार ४ मा गठन भएयता आज (शनिबार) साे माेर्चाकाे पहिलो बसेकाे हाे।

बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ। बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन्। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएकाे छ।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्