सुख्खा पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
चितवन, असार २३ : मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो खसेर साे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउन एक्साभेटर पहिरोस्थलतर्फ पठाएको जनाएकाे छ।
डिभिजन कार्यालयका अनुसार पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्नेछ। सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन्।
प्रकाशित मिति: १६:५८ बजे, शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











