न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हाबी भएको छ : घनश्याम भुसाल
समाजवादी पेशागतकानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधिश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असार २३ : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हाबी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
समाजवादी पेशागतकानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधिश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
भुसालले न्यायाधिश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पूँजीवादको एउटा स्वरुप भएको तर्क गरे। उहाले देश अहिलेजस्तै राजनीतिक अस्थीरतर्ता तर्फ ढकिलिदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताए।
उनले संसद बिघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रीक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालिन नेकपामा विवाद भएको बताए। त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर बिषयलाई रक्षा गर्नका लागि आफुहरुले आवश्यक भूमिका खेलेको उहाको भनाइ छ।
भुसालले दलाल पूँजीवादका कारण मुलुकमा बिभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे। कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उनले बताए।