Kathmandu Press

धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढ्याे, मुलुकको अवस्था सुधार हुन सकेन : महासिचव पाेखरेल

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठुला दलका रुपमा रहे पनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रीधरण हुन नसकेको उनले बताए।
धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढ्याे, मुलुकको अवस्था सुधार हुन सकेन : महासिचव पाेखरेल

काठमाडाैं, असार २३ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन्।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरै भन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताएका हुन्।

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठुला दलका रुपमा रहे पनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रीधरण हुन नसकेको उनले बताए।

उनले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने जिकिर गर्नुभयो। महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिन केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे।

अहिले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरू एमालेसँग डराएर गठबन्धन बनाउन बाध्य भएको उनले बताए। उनले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको उल्लेख गरे।

महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे।  

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्