Kathmandu Press

अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ : महामन्त्री थापा

शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका हुन्।
अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ : महामन्त्री थापा

काठमाडाैं, असार २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका हुन्।

अहिलेको आश्यकता आफु वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए। उनले आफू फेरि पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे।

थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सबैलाई जानकारी हुने भन्दै उनले एकपटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे।

त्यस्तै थापाले अहिले सबै दलहरुले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रीत गर्नुपर्ने धारणा राखे। देशका सवै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उनको भनाइ छ।

थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्र लगाएत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एकबर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राखे। उहाले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १४:५० बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्