Kathmandu Press

समाजवादी मोर्चाको पहिलो बैठक अपरान्ह ४ बजे बस्ने

समाजवादी मोर्चाको पहिलो बैठक अपरान्ह ४ बजे बस्ने
समाजवादी मोर्चा नेपालकाे घाेषणा सभामा चार दलका शीर्ष नेताहरू।

काठमाडौं, असार २३ : समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ। बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अपरान्ह ४ बजे बस्ने बताइएको छ।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजनालगायतका विषयमा छलफल हुने छ।

बैठकमा मोर्चामा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष सहभागी हुने बताइएको छ। बैठकमा मोर्चामा आबद्ध दलका अध्यक्षले आलोपालो नेतृत्व गर्ने बताइएको छ।

 

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्