नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेयको निधन
शुक्रबार साँझ ६ः१५ बजे बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरमै हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको हो।
पाल्पा, असार २३ : नेकपा एकीकृत समाजवादी पार्टीका पाल्पा जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयको निधन भएको छ। उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हा्।
शुक्रबार साँझ ६ः१५ बजे बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरमै हृदयघाट भई ५२ वर्षीय पाण्डेयको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६ः४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको हो।
मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयका २६ वर्षीय माहिला छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो।
उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए।
प्रकाशित मिति: ०८:२९ बजे, शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार