Kathmandu Press

लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई विभागको आग्रह

विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ।
लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई विभागको आग्रह

काठमाडौं, असार २३ : पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। संक्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको हो।

विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले लम्पी स्कीन फैलँदै गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन्। विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख अनुदान उपलब्ध गराएको छ।

विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिइन्। विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ।

विभागका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन्। संक्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार आठ सय १९ पशु निको भइसकेका जनाइएको छ।

अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन्। रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ।

उनले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनका अनुसार अहिले क्रमश संक्रमण घट्दै गइरहेको छ।

संक्रमणबाट प्रभावित एक लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको छ। संक्रमण नियन्त्रणका लागि विभागसँग हालसम्म सात लाख ३७ मात्रा खोप आयात गरिएको छ।
 

प्रकाशित मिति: ०७:५२ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्