Kathmandu Press

एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्र विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क हेर्न सकिने चलचित्रका निर्देशक सरोज खनालले बताए।
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

काठमाडौं, असार २३ : ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्क चलचित्र देखाइने घोषणा गरेको छ।

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्र विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क हेर्न सकिने चलचित्रका निर्देशक सरोज खनालले बताए।

Hardik ivf

‘हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ। उहाँहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योग्दानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौं,’ निर्देशक खनालले भने, ‘उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ।’

अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको संघर्षलाई नजिकबाट महसुश गरेकाकाले उहाँहरुको सम्मानमा यस्तो निर्णय गरिएको बताइन्। उनले भनिन्, १मलाई एकल आमाले नै हुर्काउनुभयो । उहाँको सङ्घर्ष र दायित्वलाई बुझेकी छु। साचै तीभन्दा माहान योद्धा अन्य छैनन्।’

सुरेश वाग्लेले निर्माण गरेका्  ‘बगान’मा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतको अभिनय छ। बगान असार २९ बाट प्रदर्शनमा आउने छ।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्