Kathmandu Press

संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर : प्रहरी महानिरीक्षक कुँवर

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाले प्रधानमन्त्री र गृहमन्त्रीबाट हुने निर्देशकका आधारमा अहिले हरहिसावले संगठन रुपान्तरणको उपयुक्त अवसर भएको बताएका हुन्।
संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर : प्रहरी महानिरीक्षक कुँवर

काठमाडाैं, असार २२ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर देखिएको बताएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाले प्रधानमन्त्री र गृहमन्त्रीबाट हुने निर्देशकका आधारमा अहिले हरहिसावले संगठन रुपान्तरणको उपयुक्त अवसर भएको बताएका हुन्।

अहिले राजनीतिक नेतृत्वबाट प्रहरी सङ्गठन काम गर्न राम्रो वातावरण तयार भएको उनको भनाइ छ। उनले साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने विद्यमान नै रहेको उल्लेख गरे।

वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामक रुपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए। उनले प्रहरी समायोजनको विषय सरकारको नीति तथा कार्यक्रममा नै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बढाउने जानकारी दिए।

महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजता गर्नका लागि जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउन सरकारले आवश्यक निर्णय गरेको बताए।

उनले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको पनि जानकारी दिए। 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्