Kathmandu Press

मेलम्चीस्थित इन्द्रावती खोलामा बन्याे बेलिब्रिज, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

करिब दुइ वर्ष अघिको बाढीका कारण बगाएको पुलको स्थानमा निर्माण गरिएको बेलिब्रिजको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्‍घाटन गरे।
मेलम्चीस्थित इन्द्रावती खोलामा बन्याे बेलिब्रिज, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

सिन्धुपाल्चोक, असार २२ : सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित इन्द्रावती खोलामा बेलिब्रिज निर्माण गरिएको छ।

करिब दुइ वर्ष अघिको बाढीका कारण बगाएको पुलको स्थानमा निर्माण गरिएको बेलिब्रिजको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्‍घाटन गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने बेलीवृज निर्माणमा सवैको सहयोग प्राप्त भएको बताए।

उनले जनताको सेवामा वर्तमान सरकार प्रतिद्धत रहेको र अहिले आफूले पनि पैसा नभएर उपचार गर्न नपाएका नागरिकलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाएको बताए। उनले सम्झौताअनुसार गरिब बिरामीको उपचार नगरे निजी अस्पतालको लाइसेन्ससमेत खारेज गर्ने चेतावनी दिए।

त्यस्तै प्रधानसेनापति शर्माले जनताको दुखसुखमा नेपाली सेना सदैव क्रियाशिल हुने बताए। विपत्तिको भरोसेदार सारथिको साथै मुलुकको जटिल समस्यामा जनतासंग मिलेर समाधान गर्ने तर्फ प्रतिबद्ध रहेको उनले बताए।

गत जेष्ठ २१ गते नेपाली सेनालाई जिम्मेवारी दिएर सो स्थानमा बेलीवृज निर्माण गरिएको हो। नवनिर्मित बेलिब्रिजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ । 

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्