ललिता निवास प्रकरणमा पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्छ : प्रेम आले
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका हुन्।
काठमाडाैं, असार २२ : नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताएका हुन्।
उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानबिन गरी दोषी भए कारवाही गर्नुपर्ने उनले बताए।
उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गए। उनले सरकारले कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए।
पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पत्ति दोहन नहोस् भनेर आफूले पशुपति जग्गाको विषयमा आवाउ उठाएको बताए।