Kathmandu Press

मुद्दा हेर्न छाडे प्रधानन्यायाधीशले

सर्वोच्च अदालतको पेशी सूचीमा प्रधानन्यायाधीश कार्कीकम लागि मुद्दाको पेशी निकाल्न छाडिएको छ। साउन २० गतेबाट अवकासमा जान थालेका कार्कीले एक महिना अघिदेखि नै मुद्दा हेर्न छाडेका हुन्।
मुद्दा हेर्न छाडे प्रधानन्यायाधीशले

काठमाडौं, असार २२ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ गर्न छाडेका छन्। उनले असार २० गते यता कुनै पनि मुद्दामा सुनुवाई गरेका छैनन्।

सर्वोच्च अदालतको पेशी सूचीमा प्रधानन्यायाधीश कार्कीका लागि मुद्दाको पेशी निकाल्न छाडिएको छ। साउन २० गतेबाट अवकासमा जान थालेका कार्कीले एक महिना अघिदेखि नै मुद्दा हेर्न छाडेका हुन्।

अब यसबीचमा प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक ‘बेञ्च’ मा पनि मुद्दा सुनुवाइ नहुने भएको छ। मुद्दामा सुनुवाई नगरे पनि न्यायपरिषद, न्याय सेवा आयोग र प्रशासनिक काम भने गर्ने छन्।  
 

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्