Kathmandu Press

प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य छैन : देवेन्द्र पौडेल

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले एमाले लगाएतका दलहरुको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नभएको बताएका हुन्।
प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य छैन : देवेन्द्र पौडेल

काठमाडाैं, असार २२ : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले एमाले लगाएतका दलहरुको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै अहिले अभिव्यक्तिका आधारमा प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य नभएको बताएका हुन्।

कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको र आफु मात्रै राष्ट्रबादी हो भन्ने देखाउन खोजेको उहाले बताए। उनले एमालेलाई प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन चुनौती दिए।

त्यस्तै कांग्रेसका मुख्य सचेतक रमेश लेखकले मुलुकको प्रधानमन्त्री बाह्य देशले बनाउँछ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए। उनले यस विषयमा आशंक गर्नु भनेको देश र जनतामाथिकै आशंका हुने जिकिर गरे। प्रधानमन्त्रीले बोलेको विषयमा प्रतिपक्षीले उठाएको कुरालाई सत्ता पक्षले गम्भीर रुपमा लिएको भन्दै सदनमा प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउनुपर्ने उनले बताए।

त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले  प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने स्पष्ट पारे। उहाले प्रधानमन्त्रीले बोलेको कुराको स्पष्टीकरण दिनुको कुनै अर्थ नरहेकाले नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्रीको अभिव्यक्ति देश र जनताको भावनाविपरीत भएको बताए। 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्