Kathmandu Press

उदयपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित

शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरेर उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित्ता जिल्ला घोषणा गरिएको हो।
उदयपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित

उदयपुर, असार २२ : 'स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने मूल नाराका साथ उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।

शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरेर उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित्ता जिल्ला घोषणा गरिएको हो।

उदयपुरलाई पूर्ण खोप सुश्चित जिल्ला घोषणा गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दाशले उदयपुर १६ देखी ५ बर्ष मुनिका ११ हजार ९ सय ५७ जनाले खोप लगाएको र जिल्लामा ड्रपआउट भएका २ सय २२ जना, शुन्यडोज खोप भएका २९ बालबालिकालाई खोप लगाईएको प्रतिवेदन सार्वजनिक गरेका थिए।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला समन्वय प्रमुख गौरबहादुर बिश्वकर्माले पूर्ण खोप जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिर्घकालीन रुपमा कायम राख्नु महत्वपूर्ण रहेको बताए।

उदयपुरमा यसअघि २०७४ साल माघ १६ गते सहिद दिवसका दिन पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको थियो भने प्रत्येक वर्ष सुनिश्चित्ता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आएको छ। 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्