Kathmandu Press

न्याय सम्पादनमा हुने ढिलाइ अक्षम्य : प्रधानन्यायाधीश कार्की

दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनुसरह भएकाले न्याय सम्पादनमा कुनै पनि बहानाबाजी नचल्ने बताए।
न्याय सम्पादनमा हुने ढिलाइ अक्षम्य : प्रधानन्यायाधीश कार्की

काठमाडाैं, असार २२ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन्।

दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनुसरह भएकाले न्याय सम्पादनमा कुनै पनि बहानाबाजी नचल्ने बताए।

न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको उनले बताए। कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई एक वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुंग्यानेगरी काम भइरहेको उल्लेख गरे।

२०७४ पुसदेखि निर्माण शुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा सम्पन्न भएको थियो । २५ करोड १९ लाख ८८ हजारको लागतमा निर्माण भएको भवनमा ८७ कोठा र ५ तला छन्। 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्