Kathmandu Press

सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको ओलीकाे आरोप

शुक्रबार कीर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाउँ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन्।
सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको ओलीकाे आरोप

काठमाडाैं, असार २२ : एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन्।

शुक्रबार कीर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाउँ मिलेर स्वार्थ बाँड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन्।

ओलीले मुलुकमा संसद भए पनि प्रधानमन्त्री प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे। भारतले नेपालमा सरकार बनाउँछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण विषय नभएको उनले बताए।

त्यस्तै उनले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर नै प्रमाणीकरण गरेको आरोप लगाए। गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए।

ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफूले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गरे।

ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गरे। उनले मुलुकका सवै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाए। उनले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत बताए। 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्