प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो।
काठमाडाैं, असार २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले विरोध जनाएपछि शुक्रबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो।
बैठकको सुरुमै एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वभिमानमाथि आँच आउने काम भएको र शिर झुकेको बताइन्। उनले नेपालको प्रधानमन्त्री जनताद्वारा चूनिने भएपनि भारतबाटै प्रधानमन्त्री चूनिने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गरिन्।
एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिनियोजित बजेटमाथिको छलफल असार २४ गते र मन्त्रीहरुले जवाफ दिन असार २५ र २६ गतेका लागि तोकेको जानकारी गराए। राष्ट्रियसभाको अर्को बैठक असार २४ गते बोलाइएको छ।