Kathmandu Press

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन : सञ्चारमन्त्री शर्मा

मन्त्री शर्माले प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी हुन्।
विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, असार २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी छन्।

प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री शर्माले प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी हुन्।

उनले सरकार गठन भए देखिनै सुशासनको पक्षमा दृढता पूर्वक उभिएकाले कतिपयको टाउको दुखाइ भएको तर्क गरिन्। उनले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन्। मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उल्लेख गरिन्।

नागरिकता सम्बन्धी विषयमा पनि अनावश्यक रुपमा सरकारलाई विवादमा ल्याउने प्रयन्त भएको उल्लेख गर्दै उनले नेपालीलाई नागरिकता प्रदान गर्न र विदेशीलाई नागरिकता दिनबाट रोक्न सरकार गम्भीर रहेको बताइन्। उनले  सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिइन्। 

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्