Kathmandu Press

देशभर भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशभर भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २२ : मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ। देशभर सामान्यदेखि पूर्ण बदली रही  वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्गसहित वर्षा हुनेछ। तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्