ललिता निवास प्रकरणमा ४०६जनाविरुद्ध पक्राउ पुर्जी
पक्राउ पुर्जी जारी हुनेमा चार जना पूर्वसचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो छन्।
काठमाडौं, असोज २२ : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ पुर्जी जारी हुनेमा चार जना पूर्वसचिवहरु पनि छन्। जसमा दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो छन्। दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत हुन्। उनी फरार छन् ।
११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सो जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











