मुख्यमन्त्री थापाले लिए शापथ, तीन सदस्यीय मन्त्रिपरिषद् गठन
बिहीबार साँझ मुख्यमन्त्री नियुक्तका भएका नेपाली कांग्रेसका थापाले शुक्रबार बिहान प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन्।
काठमाडौं, असार २२ : कोही प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार साँझ मुख्यमन्त्री नियुक्तका भएका नेपाली कांग्रेसका थापाले शुक्रबार बिहान प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन्।
शपथसँगै मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनले नेकपा एसका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री बनाएका छन्।
मन्त्रालयको जिम्मेवारी नपाएका जबेगु र सुनुवारले पनि शपत लिइसकेका छन्।
प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











