Kathmandu Press

सलमानकी प्रेमिका बन्दै पूजा

काठमाडौं, माघ २८ : अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी ईद कभी दिवाली’मा पूजा हेगडे अभिनेत्रीको रूपमा देखिने भएकी छन्।

चलचित्र घोषणा भएपछि ....

सलमानकी प्रेमिका बन्दै पूजा

काठमाडौं, माघ २८ : अभिनेता सलमान खानको नयाँ चलचित्र ‘कभी ईद कभी दिवाली’मा पूजा हेगडे अभिनेत्रीको रूपमा देखिने भएकी छन्।

चलचित्र घोषणा भएपछि अनिभेत्री को हुने भन्ने चर्चाको विषय बनेको थियो। ‘हाउसफुल–४’मा अक्षय कुमार र ‘मोहेन्जो दडो’मा ऋतिक रोशनको अपोजिटमा काम गरेकी पूजा सलमानकी प्रेमिकाका रुपमा देखिनेछिन्।

चलचित्रका निर्माता साजिद नाडियावालाले यसमा समावेश गरिएको कथाका लागि पूजा उपयुक्त देखिने भएकाले अनुबन्धित गरिएको बताएका छन्। ‘कभी ईद कभी दिवाली’ एक फेमिली ड्रामा चलचित्र हो। फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेका छन्।

पूजाले साउथमा ‘मुकुन्द’जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी थिइन्।

यस फिल्मलाई ‘हाउसफुल–४’ लाई निर्देशन गरेका फरहद सामजीले निर्देशन गर्दैछन्। उनी अहिले अभिनेता अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’को निर्देशनमा व्यस्त छन्। यो फिल्म सन् २०२१ को इदमा रिलिज हुनेछ।

 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्