कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन शिक्षण संस्थालाई महानगरको निर्देशन
छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिका महानगरभित्र रहेको शिक्षण संस्थालाई यस्तो आग्रह गरेको हो ।
काठमाडौं, असार २२ : काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा कम्तीमा १५ दिनको समयावधी राख्न शिक्षण संस्थालाई आग्रह गरेको छ ।
छोटो समयमा भर्ना लिँदा टाढाबाट आउने दुर्गमका विद्यार्थीले आवेदन दिन नपाउने भन्दै महानगरपालिका महानगरभित्र रहेको शिक्षण संस्थालाई यस्तो आग्रह गरेको हो ।
“विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ,” महानगरले सार्वजनिक सूचना प्रकाशन गर्दै भनेको छ, “यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।”
माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई महानगरको आग्रह छ ।











