Kathmandu Press

नहरमा बेपत्ता वृद्ध मृत फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन्।
नहरमा बेपत्ता वृद्ध मृत फेला

कञ्चनपुर, २१ : कञ्चनपुरको वेदकोट नगरपालिका-५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन्।

प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन्। 'नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको हो,' उनले भने, 'खोजी गर्दै जाँदा २५ मिटर पर मृत अवस्थामा भेटिएका हुन्।'

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्