Kathmandu Press

पालिकाकाे काटिएकाे मध्ये ४० प्रतिशत वित्तीय समानीकरण अनुदान रकम दिइने

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
पालिकाकाे काटिएकाे मध्ये ४० प्रतिशत वित्तीय समानीकरण अनुदान रकम दिइने

काठमाडाैं, असार २१ : सरकारले स्थानीय तहलाई यसअघि कटौती गरिएको मध्ये ४० प्रतिशत वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि बैशाखमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदानको रकम ५० प्रतिशत अर्थात ५ अर्व ९ करोड कटौती गरिएकोमा अहिले त्यसमध्ये ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको उनले बताइन्।

उनले मिटरव्याजसम्बन्धी कानूनलाई अघि बढाउने विषयमा भने सदनमा नै छलफल हुने जानकारी दिइन्। 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्