Kathmandu Press

काेशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज (बिहीबार) साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। दाबी पेस गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका छन्।
काेशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

विराटनगर, असार २१ : कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज (बिहीबार) साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। दाबी पेस गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका छन्।

थापाले आफ्नो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ जना, जसपाका १ जना र सभामुख बाबुराम गौतमको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका हुन्।

नयाँ सरकार गठनको दाबी गर्दा सभामुखको प्रयोग गर्न नहुने भन्दै एमाले कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्