Kathmandu Press

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने सम्भावना रहेको भन्दै यस विषयमा एमालेको गम्भीर ध्यानाकृष्ट भएको पत्रमा उल्लेख छ। 
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

काठमाडाैं, असार २१ : नेकपा एमालेले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ। 

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन्। सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने सम्भावना रहेको भन्दै यस विषयमा एमालेको गम्भीर ध्यानाकृष्ट भएको पत्रमा उल्लेख छ। 

सभाको अध्यक्षता गर्ने व्यक्त्तिलाई मत दिने अधिकार नहुने भन्दै मत बराबर भएमा मात्रै अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने प्रचलनअनुसार नै गर्न सो पत्रमा प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको हो।

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्