Kathmandu Press

एसइईमा २-२.४ जिपिए ल्याउने सबैभन्दा धेरै, ३.६-४ ल्याउने २२ हजार

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक भएको परीक्षाफलअनुसार यस वर्षाकाे परीक्षामा २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २९३ छ।
एसइईमा २-२.४ जिपिए ल्याउने सबैभन्दा धेरै, ३.६-४ ल्याउने २२ हजार

काठमाडौं, असार २१ : माध्यमिक शिक्षा परीक्षा (एसइई) एसइईमा २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी सबैभन्दा धेरै रहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक भएको परीक्षाफलअनुसार यस वर्षाकाे परीक्षामा २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २९३ छ।

बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर दिएकाे जानकारीअनुसार ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ, जुन कुल परीक्षार्थीको २.९ प्रतिशत हाे। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ।

यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए। एसइईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० छ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ। बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए।

SEE-Grade1688640319.jpg

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्