भ्रमण वर्षको पहिलो महिनामै पर्यटक घट्नुका तीन कारण
काठमाडौं, माघ २८ : नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिनामै पर्यटक घटेका छन्। गतवर्षको तुलनामा भारतबाहेकका देशबाट आउने पर्यटकको संख्या घटेको छ।
<....
काठमाडौं, माघ २८ : नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिनामै पर्यटक घटेका छन्। गतवर्षको तुलनामा भारतबाहेकका देशबाट आउने पर्यटकको संख्या घटेको छ।
एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण सुरू गरिएको थियो। तर, पहिलो महिनामै नेपाल आउने पर्यटकको संख्यामा एक हजार पाँच सय ७८ जनाले घटेको छ।
नेपाल पर्यटक बोर्डका अनुसार, जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्। जबकी सन् २०१९ को जनवरीमा ८१ हजार दुई सय ६४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए।
पहिलो महिनामा भारतबाहेक अन्य देशबाट आउने पर्यटकको संख्यामा कमी आएको पर्यटन बोर्डले जनाएको छ।
सन् २०१९ मा हवाई तथा स्थलमार्गवाट ११ लाख ९७ हजार एक सय ९१ जना पर्यटक आएका थिए। गत वर्षको तुलनामा सन् २०२० मा आठ लाख दुई हजारभन्दा बढि पर्यटक नेपाल भित्र्याउन सरकारलाई चुनौति थपिएको छ।
चीनमा फैलिएको कोरोना भाइरस, अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा वेपत्ता पर्यटक र तीनका गाइड तथा मकवानपुरको एभरेस्ट पानोरमा रिसोर्टमा भारतीय पर्यटकको मृत्युको घटनाले पर्यटकमा कमि आएको बोडएको आंकलन छ।
नेपाल भ्रमण वर्षका संयोजक सुरज बैद्यले कोरोना भाइरसका कारण पर्यटकको संख्यामा कमि आएको बताए। ‘एक वर्षमा चीनबाट तीनलाख पचाँस हजार पर्यटक भित्र्याउने योजना हो, तर हाम्रो योजनामा भाइरस बाधक बन्यो,’ संयोजक बैद्यले भने, ‘चीनको वैकल्पिक पर्यटन बजार खोजी भइरहेको छ।’
चीनका राष्ट्रपति सि जिन फिङको नेपाल भ्रमणले चिनियाँ पर्यटक बढ्ने आशा गरिएको थियो। तर, कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमन घटाएको छ।
अध्यागमन कार्यालयको तथ्यांकअनुसार, सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२० मा तीन लाख ५० हजार चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
त्यस्तै, माघ ३ गते अन्नपूर्ण क्षेत्रको हिङ्कु ओडारबाट बेपत्ता पर्यटन तथा गाईडहरु अझै भेटिएका छैनन्। पदयात्रामा क्रममा आएको हिमपहिरोमा परेर बेपत्ता भएका चार कोरियाली पर्यटक र तीन नेपाली गाइड २४ दिनसम्म पनि भेटिएका छैनन्। नेपाली गाइडहरु सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोट तथा कोरियाली नागरिकहरू ली मिन सु, किम सूक जा, जियोङ पिल बोङ र चोई ह्यो वेपत्ता छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी घटनास्थलको दैनिक रेखदेखका लागि नजिकै रहेको प्रहरी चौकीलाई जिम्मा लगाएको बताए। ‘निरन्तरको हिमपातका कारण हराएका पर्यटक तथा गाइडहरुको खोजीमा समस्या भएको छ,’ प्रजिअ केसीले भने, ‘हिउँ नपग्लिएसम्म पर्यटक खोज्ने कार्य तत्काल सम्भव छैन्।’ यो घटनाले पनि पर्यटकको आगमनमा असर परेको जनाएको छ।
यसैगरि, माघ ५ गते मकवानपुरको थाहा नगरपालिका–४, सिमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ जना भारतीय पर्यटक बेहोस भेटिएका थिए। उनीहरूको उपचार क्रममा मृत्यु भएको थियो। यस घटनाले पनि भारतीय पर्यटकको आगमनमा असर परेको जनाएको छ।












-(7)-1765197040.jpg)