प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध
दिउँसो १ बजे बैठक सुरु हुनेबित्तिकै उनीहरुले सिटबाट उठेर विरोध जनाए। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।
काठमाडौं, असार २१ : एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक अवरुद्ध गरेका हुन्।
दिउँसो १ बजे बैठक सुरु हुनेबित्तिकै उनीहरुले सिटबाट उठेर विरोध जनाए। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।
गत सोमबार एक पुस्तक विमाेचन कार्यक्रममा प्रधानमन्त्री पुषपकमल दाहाल 'प्रचण्ड'ले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाएको बताएका थिए।
प्रधानमन्त्रीको साेही अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि संघीय संसदकाे दुवै सदन अवरुद्ध गरेको थियो। एमालेलाई रास्वपा र राप्रपाले पनि साथ दिएका थिए।
एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्तिले नेपालीको शीर निहुरेको उनकाे भनाइ थियाे।