Kathmandu Press

महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण

पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोधेका हुन्।
महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण

काठमाडाैं, असार २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ।
     
पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोधेका हुन्।

यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो। पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ।
     
महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो। महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए।
     
दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ।

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्