Kathmandu Press

प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइयाे : गृहमन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइयाे : गृहमन्त्री श्रेष्ठ

भरतपुर असार २१ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको बताएका छन्।

प्रेस सेन्टर नेपाल भरतपुरले बिहिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री प्रचण्डको बचाउ गरेका हुन्।

बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यताको विपरीत भएको उनको भनाइ छ ।

फरक प्रसंगमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए। सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि बढाउने उहाको भनाइ थियो।

अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने उल्लेख गर्दै उहाले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने जिकिर गरे।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको तथा प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढंगले काम गरिरहेको दाबी गरे। 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्